free website hit counter

नेप्सेको निरन्तर ओरालो यात्रा रोकिएन

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक २८.४० अंक घटेर २०१९.८५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको ७४ हजार २५७ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ८।२४ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन शिवम् सिमेन्ट्सको साढे ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २।७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार