free website hit counter

नेप्सेमा झिनो अंकको गिरावट

beemaadmin
२०८० चैत्र ६, मंगलवार

काठमाडौं । मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । मंगलबार प्रि ओपस सेसनबाटै बढेर खुलेको नेप्से परिसूचक दिनभरको तीव्र उतारचढावपछि ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको हो । यसदिन बजारमा ९४ लाख ७८ हजार ९३३ किक्ता सेयरको खरिदविक्री हुदाँ ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक घटेपनि आफ्नो पहिलो कारोबार सुरु गरेको सर्वोत्तमको शेयर मूल्यमा सकारात्मक सकिर्टका साथ सर्वधिक नाफामा रहेको छ । प्रतिकित्ता ५५६ रुपैयाँबाट पहिलो कारोबार सुरु भएको सर्वोत्तम ६११.६० रुपैयाँ पुगेको छ । पहिलो कारोबारका दिन सर्वोतमको शेयर ५५.६० अंकले बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मुल्यमा पनि सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । त्यसैगरी, कारोबारका आधारमा सिभम सिमेन्टस २५ करोड ९७ लाख २२ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार