free website hit counter

नेरुडे मिर्मिरे लघुवित्त घाटामा

beemaadmin
२०८१ माघ २५, शुक्रबार

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ६ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त २ करोड ४८ लाख रुपैयाँ नाफामा थियो। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्त नोक्सानीमा पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६१.३४ प्रतिशत बढेको छ। लघुवित्तको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ३८.९९ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९६.७६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड ५७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ करोड २४ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्त नोक्सनीमा पुगेको हो। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४० पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २४ पैसा रहेको छ। १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमाससम्ममा लघुवित्तले १७ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार