free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सले दियो डाक्टर परिवारलाई १ करोड १७ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ भाद्र १४, सोमबार

काठमाण्डौं । किष्ट मेडिकल कलेज इमाडोल ललितपुरमा बरिष्ठ नेत्र रोग बिशेषज्ञको रुपमा कार्यरत प्रा. डा. पूज्यस्वरी कार्कीको कोरोना संक्रमणबाट निधन भएपछिउ उहाँको परिवारलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा रकम १ करोड १७ लाख हस्तान्तरण गरेको छ ।

जुँगाको रेखि बस्दै गरेका १६ बर्षका छोरा प्रारब्धजङ सिजापतिले आमाको ममता गुमाउनु पर्दाको पीडा पैसाले परिपूर्ति गर्न नसके पनि उनको शिक्षा दिक्षाका लागि त्यो रकमले अवश्य सहयोग गर्ने छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दिवंगत आत्माको चीर शान्तिको कामनासहित मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको हो । डा. कार्कीले सन् २०१८ जुलाइमा १० बर्षे अमृत बर्षा बीमा योजना खरिद गरेकी थिइन् ।

कोरोना संक्रमणका कारण कार्कीको २०७८ साल जेठ ५ गते निधन भयो । जीवन बिमा कम्पनीले डा कार्कीको इच्छ्याइएका ब्यक्ति छोरा प्रारब्धलाई सोमबार १ करोड १७ लाख ७५ हजारको चेक हस्तान्तरण गरेको हो । इन्स्योरेन्स कम्पनी लिमिटेडको जावलाखेल कार्यालयमा आयोजित कार्यक्रममा ब्रान्च म्यानेजर घनश्याम रिमालले बुबा प्रा डा सिजापतिको उपस्थितिमा छोरा प्रारब्धलाई चेक हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा रिमालले मानिसको जीवन भन्दा रकम ठूलो नहुने बताउँदै बीमाले अनिवार्य बचत गर्न सिकाउनुका साथै आपतको बेला आर्थिक सुरक्षा प्रदान गर्ने बताएका थिए । कार्यक्रममा शाखाका मार्केटिङ अफिसर सबिन शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार