free website hit counter

नेशनल लाइफको प्रदेश स्तरीय भेला सम्पन्न

beemaadmin
२०८१ कार्तिक ६, मंगलवार

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय भेला सोमबार इटहरीमा सम्पन्न भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवसायिक सुरक्षा हकहित र एकताको निम्ति देशैभरी सातै प्रदेशमा कमिटी विस्तार गर्ने संघको अभियान अन्तर्गत कोशी प्रदेशमा पहिलो पटक कोशी प्रदेश स्तरीय कमिटी गठन गरिएको हो । संघले ७ गते २ नम्बर प्रदेशमा भेला आयोजना गर्ने भएकोछ । इटहरीको क्यान होटलमा सम्पन्न सो भेलाले किशन शाहीको संयोजकत्वमा २१ सदस्यीय कोशी प्रदेश कमिटी चयन गरेको छ । पेशागत बीमा अभिकर्ता संघ बिमकः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ उपाध्यक्ष दिपा वलीको सभापतित्व एवं संघको केन्द्रिय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट एक महिला उपाध्यक्ष सहित तीन उपाध्यक्ष र एक महिला सहसचिव सहित ३ सहसचिव रहने विद्यानमा व्यवस्था भए बमोजिम २१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा सुर्यवहादुर घिमिरे, युवराज डंगोल–दमक, महिला उपाध्यक्षमा एलिसा आले मगर–उर्लाबारी,सचिव यमकुमार राई–विर्तामोड,सहसचिवमा ध्रुवकुमार अधिकारी–दमक, चन्दा रबिदास–विराटनगर, केवी ठकुरी–गाईघाट, कोषाध्यक्षमा देवेन्द्र प्रसाई चयन भएका छन् । यसैगरी सदस्यहरुमा जेवी राई–खोटाङ, नारायण प्रसाल खरेल–दमक, धनबहादुर तामाङ, पूर्ण लिम्बू–लेटाङ, सन्तबहादुर तामाङ–इटहरी, भोला साह–इटहरी, पवित्रा प्रसाई–ताप्लेजुङ, भरत कडेल, सत्रुघन श्रेष्ठ–विराटनगर, चित्रसेन राई, सुवास राई, कविता अर्याल चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दिपक अर्यालले बधाई तथा शुभकामना दिएका थिए । बीमा क्षेत्रमा अभिकर्ताको भूमिका र अभिकर्ताको योगदानको बारेमा चर्चा गर्दै अर्यालले उत्प्ररणात्मक मन्तब्य राखेका थिए । प्रदेश भेलामा संघका केन्द्रिय सहसचिव यतिराज अधिकारीले कार्यक्रमको औचित्व र उदेश्य माथी प्रष्ट पारे । कोशी प्रदेश प्रमुख नरेन्द्र राइले संगठनको नाममा हुने अराजक गतिवीधिलाई निस्तेज पार्दै रचनात्मक भूमिका निर्वाह गरी अघि वढ्न सके संगठन मार्फत समग्र बीमा व्यवसायलाई फाइदा हुने बताए । केन्द्रिय सदस्यहरु टिका खरेल ,नेपालमान श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विराटनगर, दमक, संखुवासभा लगायतको विभिन्न जिल्लामा आवद्ध अभिकर्ताहरु सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार