free website hit counter

नेशनल लाईफ इन्स्योरेन्सको १४.५० प्रतिशत लाभांश

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३१ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४–०७५ को लागि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांश गरि १४.५० प्रतिशत लाभांश अनुमोदन गरेको छ।
कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतमा सम्पन्न सभाले ७ लाख ५१ हजार ८६० कित्ता बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको हो।
बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ पुग्नेछ । सभाले शेयर संरचना समेत परिवर्तन गर्दै संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा कायम गरेको छ।
साधारण सभामाले सबै बीमालेखमा दुई बिन्दुले बोनस दर बढाइएको छ । यसबाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले लिएको छ । आर्थिक वर्ष २०७४–०७५ मा कम्पनीले कूल ६ अर्ब ४४ करोड ७६ लाख बीमाशुल्क संकलन तथा २ अर्ब ५ करोड कूल दाबी भुक्तानी गरेर कम्पनीले ४७ करोडको खुद मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार