free website hit counter

नौ वटा जीवन बीमकको नाफा बढ्दा पाँच बीकको नाफा घट्यो

beemaadmin
२०८२ फाल्गुन १, शुक्रबार

काठमाडौं । समग्र अर्थतन्त्र नै शिथिल भएका बेला बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु पनि प्रभावित नहुने कुरै भएन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.७३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएका बीमा कम्पनीहरुले यस वर्षको पुससम्ममा ३ अर्ब ३२ करोड ३३ लाख नाफा आर्जन गरेका हुन्। हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीको खुद नाफा बढेको छ भने ५ वटा कम्पनीको नाफा घटेको छ। दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा बढाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। एलआईसी नेपालले २२ करोड ४५ लाख ५८ हजार नाफा कमाएको छ। यस्तै, सानिमा रिलायन्स लाइफले २७ करोड ६१ लाख ८७ हजार, रिलायबल नेपाल लाइफले ३९ करोड ५८ लाख ७८ हजार, एशियन लाइफले २६ करोड ३५ लाख ६३ हजार, सूर्यज्योति लाइफले २० करोड १८ लाख ७३ हजार र नेशनल लाइफले २८ करोड ६८ लाख ३१ हजार नाफा आर्जन गरेका छन्। त्यसैगरी, सन नेपाल लाइफले २८ करोड ५४ लाख १५ हजार, आइएमई लाइफले २७ करोड ६ लाख ५८ हजार सिटिजन लाइफले २३ करोड १५ लाख २९ हजार नाफा कमााएका छन्। यता, राष्ट्रिय जीवन बीमा कम्पनीले ३८ लाख ६९ हजार, हिमालयन लाइफले २० करोड ६७ लाख ३७ हजार, नेपाल लाइफले ३३ करोड ६९ लाख २० हजार, प्रभु महालक्ष्मी लाइफले १३ करोड ३१ लाख ५९ हजार र मेट लाइफले २० करोड ३५ लाख ८ हजार नाफा आर्जन गरेका छन्। जुन नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा कम हो। बीमा कम्पनीहरूले ठूलो रकम बैंकको मुद्दति निक्षेपमा राख्दै आइरहेका छन्। बीमा कम्पनीहरूले प्रिमियम संकलन गरेर बैंकहरूको ब्याजदरमा आधारित बन्ड, मुद्दति निक्षेप लगायतमा लगानी गर्ने गर्छन्। ब्याजदर घट्दा यस्ता लगानीबाट प्राप्त हुने प्रतिफलमा पनि गिरावट आउँछ। हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो यात्रामा छ। जसका कारण पनि बीमा कम्पनीको नाफामा गिरावट आएको हो।

सम्बन्धित समाचार