free website hit counter

न्यायाधीशसमक्ष सन्दीपको यस्तो आग्रह

beemaadmin
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौं । नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन्। बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सन्दीपले मुद्दाको छिटो टुंगो लागे आफू अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएकाले छिटो छिनोफानो गरिदिन आग्रह गरेका हुन्।
जवाफमा न्यायाधीश सूर्यबहादुर थापाले भने, पहिले अनुसन्धान गर्नुपर्यो बरु त्यसलाई उहाँहरुले अलिक छिटो सिध्याएर ल्याउनुहुन्छ। तपाईंहरुले (प्रहरीले) पनि छिटो सक्नु होला।
प्रहरीले थप ७ दिनको म्याद मागेको थियो। तर सन्दीपका कानुनन व्यवसायीले ३ दिन मात्रै समय दिन आग्रह गरेका थिए। अन्य अनुसन्धान सकिएको र बयान लिने क्रममा रहेकाले बयान लम्ब्याउँदा सन्दीपलाई बढी हिरासतमा राख्नुपर्ने भएकाले त्यसो नगर्न आग्रह गरेका थिए। अदालतले ५ दिन म्याद दिँदै कात्तिक १ गते अदालतमा उपस्थित गराउन भनेको छ। गत बिहीबारदेखि सन्दीप हिरासतमा छन्। सोमबार पहिलो पटक उनलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार