free website hit counter

पञ्चायतको धम्कीपछि सामूहिक बलात्कृत किशोरीद्वारा आत्महत्या

beemaadmin
२०८१ फाल्गुन ५, सोमबार

जनकपुरधाम । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि सिरहाको नवराजपुर गाउँपालिका( १ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनले बताइन् । उनका अनुसार गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो । शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाहरुले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए । होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई बाँसघारीमा लगेर जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् । उनले भोलिपल्टै छरछिमेकलाई घटनाबारे जानकारी दिए टोलमै पञ्चायत बसेको थियो । पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो । छोरीले पनि पञ्चायतको निर्णयको प्रतिवाद गरेको उनले बताइन् । पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएको किशोरीकै भाउजूले बताइन् । त्यस्तै मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ । घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो, तर त्यहाँ पोष्टमार्टम गरिएन । पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ । त्यसपछि प्रहरीले शव पोष्टर्माटमका लागि धरान पठाएको छ । तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन । घटनाका आरोपीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । उनीहरुले बलात्कार मुद्दा लगाउनुपर्नेमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको भन्दै आपत्ति जनाएका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । परिवारले सामूहिक बलात्कार भएको बताए पनि अनुसन्धान नभई त्यसबारे केही भन्न नसकिने उनले बताए । सामूहिक बलात्कार भएको भन्ने कुरा अनुसन्धानको विषय भन्दै डीएसपी सोतीले पोष्टमार्टम नभइसकेकाले सामूहिक बलात्कार भन्न नमिल्ने बताए ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार