free website hit counter

पण्डितका परिवारलाई बीमा रकम हस्तान्तरण

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

धनगढी । जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेडले धनगढी उपमहानगरपालिका– २ धनगढी का कर्मचारी स्व. पदमनिधि पण्डितको परिवारलाइ राहात उपलब्ध गराएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम पोखरेल, बरिष्ट अधिकृत बसन्त पचभैया, शाखा कार्यालय रैकवार बिचवाका प्रमुख मुकेश राना, शाखा कार्यालय लालझाडिका प्रमुख बिनोद सिंह भाट, शिखर इन्स्योरेन्स कम्पनि लि। शाखा कार्यालय धनगढी शाखा प्रमुख डिल्ली राज शर्मा लगायत पिडित परिवारको घरमै पुगि प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले राहात हस्तान्तरण गरेका हुन् ।

संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले एक दिन बराबरको जम्मा तलब रकम आर्थिक सहयोग स्वरुप १ लाख २६ हजार पाँच सय ५८ रुपैयाँ र संस्थाले कर्मचारिको सामुहिक दुर्घटना बीमा शिखर इन्स्योरेन्स कम्पनीबाट गरे वाापतको ८ लाख रुपैयाँ गरी कूल ९ लाख२६ हजार ५ सय ५८ मृतक कर्मचारीकि श्रीमती महेन्द्रा कुमारी जोशीकोको बैक खातामा जम्मा गरिएको जनाएको छ ।

Advertisement
Advertisement

राहात हस्तान्तरणको अनौपचारिक कार्यक्रम सञ्चालन शाखा कार्यालय लालझाडिका प्रमुख बिनोद सिंह भाटले गरेका थिए । शाखा कार्यालय लालझाडीमा २०७५–११–२१ गते देखि कार्यरत कर्मचारि पदमनिधि पण्डितको मिति २०७६ फागुन २ गते ३३ बर्षको उमेरमा कैलालीको गोदावरी नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो ।

Advertisement
Advertisement

हालसम्म संस्थाले ९ जिल्लामा ३९ वटा शाखा कार्यालयहरु विस्तार गरि आर्थिक तथा सामाजिक रुपमा विपन्न रहेका करिब ४२,००० महिला, आदिवासी, जनजाती, द्वन्द पिडित, दलित, हलिया, मुक्त कमैया तथा वित्तीय पहुँचबाट बञ्चित समुह सदस्यहरुलाई उनिहरुकै घरदैलोमा पुगि वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार