free website hit counter

पति हत्याको अभियोगमा अष्ट्रेलियामा पाइन नेपाली महिलालाई ३ वर्षको जेल सजाय, कारण अनेक

beemaadmin
२०७८ कार्तिक ७, आईतवार

काठमाडौं । सामान्यतया हत्याको अभियोग लागेपछि आजिवन कारावासको सजायँ हुन्छ । पति हत्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जेल सजाय सुनाएको छ । नियोजित नभई भवितब्यमा पति सन्तोष मारिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र सजाय सुनाएको हो । आपसी झगडामा पतिले भान्साको चक्कुले आक्रमण गरी घाइते बनाएकी नुमाले सोही चक्कु प्रहार गर्दा उनका पति सन्तोषको मृत्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ । नुमा गौतमको उद्देश्य उनका पतिलाई मार्ने नरहेको तर भबितब्यमा मारिएको अदालतले जनाएको छ । यो घटना अष्ट्रेलियाको ग्रानभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।
पैसाका कुरा उनीहरुबीच झगडा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जेल सजाय तोकिएको हो ।
सजाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’ सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले रक्सी पिएर यौन दुर्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान रक्सी पिएर आउने र यौन सम्बन्धका लागि दबाब दिने गर्थे ।
न्यायाधीशले फैसलामा लेखेका छन्, ‘उनीहरुबीचको यौन सम्बन्ध पीडादायी हुने गर्थ्यो । पति सन्तोषले कण्डम लगाउन नमान्दा नुमा ५ पटक गर्भवती भएकी थिइन् । सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पटक गर्भ पतन गराएकी थिइन् ।’ नोभेम्र २३, २०१९ को शनिवार सन्तोष साँझमा घर फर्किए । जब नुमाले गुड फ्राइडे मनाउने क्रममा सन्तोषले २ हजार डलर खर्च गरेको थाहा पाइन्, त्यसबाट उनीहरुबीच झगडा शुरु भएको थियो ।
पति पत्नीबीचको झगडा भौतिक आक्रमणमा बदलियो । हात हालाहाल हुँदै गर्दा भान्सामा राखिएको चक्कुले प्रहार गरेपछि नुमा घाइते भइन् । सोही चक्कु उनले सन्तोषलाई प्रहार गर्दा मृत्यु भयो । उनलाई सजाय सकिएपछि नेपाल डिपोर्ट गर्ने सम्भावना छ । तर नुमाले नेपाल फर्किएर उनको परिवारसँग बस्न सक्ने अवस्था नरहेको भन्दै अष्ट्रेलियामै रहन चाहेको अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार