free website hit counter

पत्रकार सम्मेलनपछि दुर्गा प्रसाईं पक्राउ

beemaadmin
२०८३ श्रावण १८, सोमबार

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक शान्ति तथा सुरक्षा खलबल्याएको आरोपमा पक्राउ गरिएका प्रसाईंलाई आइतबार रातिदेखि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका प्रसाईंलाई राति करिब १० बजे भक्तपुर प्रहरीको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको निवासबाट नियन्त्रणमा लिएको हो।

भक्तपुर प्रहरी प्रमुख (एसपी) सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले सोमबार अदालतबाट म्याद थप गरी प्रसाईंमाथिको अनुसन्धान अघि बढाइने जनाएको छ।

यसअघि पनि सार्वजनिक शान्ति तथा सुरक्षामा असर पुर्‍याएको आरोपमा प्रसाईं पटक–पटक पक्राउ परेर कानुनी प्रक्रियापछि रिहा हुँदै आएका छन्।

सम्बन्धित समाचार