free website hit counter

नेपाल लाइफको नाफा ४६ कराेड माथि

beemaadmin
२०८३ श्रावण २८, बिहीबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद नाफा ८ करोड २२ लाख रुपैयाँभन्दा बढीले घटेको हो।

Advertisement
Advertisement

नाफा घटे पनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने १२.१४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ थियो।

Advertisement
Advertisement

यस्तै, कम्पनीले गत आर्थिक वर्षमा ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको खुद दाबी भुक्तानी ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले समीक्षा अवधिमा ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ।

यसैगरी, कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा कायम भएको छ।

सम्बन्धित समाचार