एजेन्सी । राम्रो र असल व्यक्तिले जहाँसुकै राम्रो व्यवहार गर्छ । तर बाहिर र भित्र छुट्टै व्यक्तित्व भएका व्यक्ति कही तेल लगाउन पुग्छ भने कहीं काँडा जस्तो जर्जर हुन्छ । यस्तै व्यवहार देखाउँदा एक जना व्यक्तिको पाक्न लागेको लागिर रिसेप्सनबाटै चिप्लिएको छ ।
खासमा ती व्यक्तिले आफू अन्तरवार्तामा जान बाँकी नै छ भन्ने सोचेर रिसेप्सनिष्टसँग रुखो शैलीमा प्रस्तुत भएका थिए । तर उनको अन्तरवार्ता रिसेप्सनमै सकिएको थियो । यो कुरा उनले नतिजा आउँदासम्म पनि पत्तो पाएका थिएनन् । उनले रिसेप्सनमा भेटेकी महिला कम्पनीकी रिसेप्सनिस्ट नभइ कम्पनीकी प्रमुख थिइन् । एक रेडिट प्रयोगकर्ताले रेडिप फोरममा यसबारे जानकारी दिएकी छिन् ।
डेलीमेलको रिपोर्टअनुसार कम्पनीको नामको खुलासा भएको छैन । अफिसमा जब उनी अन्तरवार्ताको लागि पुगे त्यसपछि उसले रिसेप्सनिस्टसँग निकै रुखो व्यवहार गरे । रिसेप्सनिस्टसँग अन्य जानकारी लिएर उनी अन्तरवार्ताको लागि गए । अन्तरवार्तामा उनले निकै राम्रो व्यवहार गरे । अन्तरवार्ता राम्रो भएर पनि जागिर नपाएपछि उनले आफूबाट कहाँ गल्ती भयो भनेर जान्ने कोसिस गरे । जब उनले यसबारे कम्पनीसँग सोधे त्यसपछि मात्रै उनले थाहा पाए कि कार्यालय प्रवेश गर्नेबित्तिकै उनले जुन रिसेप्सनिस्टलाई भेटेका थिए उनी नै कम्पनीकी प्रमुख थिइन् र यो उनको अन्तरवार्ता लिने तरिका थियो ।