free website hit counter

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा गंगोल

beemaadmin
२०७७ चैत्र २९, आईतवार

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सरकारले प्राडा राजेशनाथ गंगोललाई नियुक्त गरेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा गंगोललाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसका आधारमा डा गंगोललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रतिष्ठानको उपकुलपतिका लागि समितिले डा गंगोलसहित प्राडा दानबहादुर कार्की र प्राडा अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो। डा गंगोलको नाम एक नम्बरमा सिफारिस भएको थियो। डा गंगोल यसअघि प्रतिष्ठानका निमित्त उपकुलपति थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार