free website hit counter

पियोर इनर्जीद्वारा स्थगित साधारणसभा पुनः बोलाइयो

beemaadmin
२०८२ भाद्र २९, आईतवार

काठमाडौं । पियोर इनर्जी लिमिटेडले स्थगित गरेको वार्षिक साधारणसभा पुनः आह्वान गरेको छ । कम्पनीले भदौ २४ गतेका लागि आह्वान गरेको बैठक देशको पछिल्लो आन्दोलनका कारण स्थगित भएको थियो । कम्पनीको आगामी साधारणसभा भने असोज ७ गते आनन्द भूमि इभेन्ट्स, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ । सभाले गत आवको सञ्चालक समिति तथा लेखापरीक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिन बुकक्लोज गरिसकेकाले भदौ ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागी हुन पाउनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार