free website hit counter

पुनर्बीमाको बाढी लागेपछि नियामक निकाय जाग्यो

beemaadmin
२०७७ फाल्गुन १७, सोमबार

काठमाडौं। २५ प्रतिशतको हाराहारीमा मात्रै बीमा व्यवसाय विस्तार भएको परिप्रेक्ष्यामा नेपालमा बीमा व्यवसायको अपार सम्भावना रहेको छ भने त्यही बीमा व्यवसायले जोखिम हस्तान्तरण गर्ने पुनर्बीको सम्भावना देखिएर नै नेपालमा नेपाल रि नामक पुनर्बीमा कम्पनीको स्थापना भएको थियो । तर एउटै मात्र पुनर्बिमा कम्पनीले पुनर्बिमा व्यवसाय धान्न नसक्ने भन्दै देश विदेशमा रहेका उद्योगी तथा व्यवसायीहरु पुनर्बीमा कम्पनीतर्फ आकर्षित भइरहेको बेला नियामक निकाय बीमा समितिले सम्भाव्यता अध्ययन सुरु गरेको छ।

समितिले बीमा विज्ञ भोजराज शर्माको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिमा शर्मा सहित बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेन्ट सुजन आचार्य रहेका छन्। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल आउनु भन्दा अगाडि नै समितिमा तीन वटा कम्पनी दर्ता भैसकेका छन्। पछिल्लो समय काठमाडौं रि इन्स्योरेन्सले पनि प्रक्रिया सुरु गरेको छ। समितिमा अन्नपुर्ण, प्रुडेन्सियल र जेन्युन रि इन्स्योरेन्स कम्पनीको नाम दर्ता भएको छ। यस अगाडिका अध्यक्षले लाइसेन्स नै दिने योजना सहित दर्ता गराए पनि सफल हुन सकेका थिएनन्।

Advertisement
Advertisement

समितिमै दर्ता भए पछि सिलवालले भने यसको सम्भाव्यता अध्ययन गराउने भएका हुन्। समितिले २१ दिन भित्रमा सम्भाव्यता अध्ययनको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको अध्यक्ष सिलवालले जानकारी दिएका छन्। नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण पछि नयाँ कम्पनी स्थापनाका लागि नेपाली लगानीकर्ताको थप आकर्षण देखिएको हो। पुनर्बीमा कम्पनीको व्यवसाय नेपालमा मात्रै नभएर विश्वमै हुने विज्ञहरु बताउँछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार