काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदरको औसत दर ५ प्रतिशतभन्दा तल झरेको छ। सोमबार विभिन्न वाणिज्य बैंकहरूले पुस महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा यस्तो देखिएको छ । जारी सूचनाअनुसार कुल २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले ब्याजदर घटाएका छन् भने बाँकी ७ वटा वाणिज्य बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतमा सीमित भएको छ। अघिल्लो महिना मंसिरमा यो दर ५.०४०५ प्रतिशत थियो। यस महिना सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी तथा हिमालयन बैंकले पुस महिनामा पनि मंसिरकै दर कायम गरेका हुन्।