काठमाडौं । युवा विद्रोहपछि राजनीतिक दलहरु बचाउको अवस्थामा पुगेका छन् । पूर्वऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफू भाग्नुपर्ने कारण सोधेका छन्। गृहमन्त्रीले आफू विदेश भागेको भनी दाबी गरेको भोलिपल्टै सोमार खड्का बुढानीलकण्ठस्थित आफ्नो घरमै पत्रकार सम्मेलनमा देखिएका हुन्। हरिशरण तिमल्सिना नामको फेसबुकमा लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आफू भागेको भनी गरेको दाबीविरुद्ध कटाक्ष गरे। मिडियाले मेरा विषयमा जुन समाचार सम्प्रेषण गर्यो। मलाई असाध्यै दया लाग्यो। मुलुकलाई कहाँ लगिराख्या छौँ। सरकारमा बस्ने सत्तासीन मान्छेहरूले.. हुन त मेरो नाम कोट गर्या देख्दिनँ। पूर्वऊर्जामन्त्री भनिएको छ, त्यो पनि मैले पेपरमै हरेको, उहाँले भन्नुभो कि भन्नुभएन ? मलाई त्यो पनि थाहा भएन। उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुन्या छु। कानुनी राज्यका विषयमा उहाँ राम्रै जान्नुहुन्छ– गृहमन्त्री, खड्काले भने, म के कारणले भाग्नुपर्यो ?