free website hit counter

पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्ट

beemaadmin
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं । भारतमा लागेको कुम्भ मेलाबाट फर्केपछि कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्ट दिन थालिएको छ । नर्भिक इन्टरनेशनल अस्पतालले जनाएअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित समाचार