free website hit counter

पूर्वराजासँग राप्रपा अध्यक्षको लन्च मिटिङ

beemaadmin
२०८१ भाद्र २६, बुधबार

काठमाडौं । राजनीतिक अन्योल र अस्थिरताका बीचमा राजा आउ, देश बचाउको नारा पनि नलागेको होइन । तर राजा फर्किने अवस्था अहिले छैन । यही व्यवस्थालाई परिमार्जिन गर्दै लानुको विकल्प छैन । यही बेला केही दिनअघि झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटघाट भएको छ। पार्टी कार्यक्रमको सिससिलामा केही दिनदेखि पूर्व क्षेत्रमै रहेका अध्यक्ष लिङ्देनलाई पूर्व राजा शाहले लन्च सहितको भेटघाटका लागि दमकस्थित आफ्नै चिया बगानमा आमन्त्रण गरेका हुन्। सोमबार विराटनगरमा र मंगलबार विर्तामोडका कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङ्देन पूर्वराजासँग भेट्न हिमालयन टी गार्डेन पुगेका हुन्। राजसंस्था पुनर्स्स्थापनाको एजेण्डालाई निरन्तर उठाउॅदै आएको दल राप्रपा र सो पार्टीका अध्यक्ष र पूर्वराजाको भेट अर्थपूर्ण मानिएको छ। पूर्वराजासँगको भेटघाटबारे अध्यक्ष लिङ्देनले मुख खोलेका छैनन्। तर लिङ्देन निकट पूर्व क्षेत्रमै रहेका राप्रपाका एक नेता भने राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेको दलको अध्यक्ष र पूर्वराजाका बीच भेटघाट हुनु, विचार विमर्श र छलफल हुनु सामान्य भएको बताउँछन्। विगतमा पनि धेरैपटक स्नेहपूर्ण भेटघाट भएको छ, यसपटकको भेट पनि नियमित भेटघाट हो, ति नेताले भनेका छन्। केही महिनाअघि लिङ्देनकै विशेष अग्रसरतामा पूर्वराजा ज्ञानेन्द्रलाई विर्तामोडको एक विद्यालयमा पृथ्वीनारायण शाहको शालिक अनावरणमा लगिएको थियो भने धुलाबारीदेखि विर्तामोडसम्म ‘रोड सो’ गरिएको थियो। लिङ्देनले त्यसबेला पनि पूर्वराजासँग भेटघाट र छलफल गरेका थिए। राप्रपाले राजसंस्था पुनर्स्थापनाका अलावा हिन्दुराष्ट्र, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई उठाउँदै आएको छ। पार्टीले बोकेको एजेण्डाका पक्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको जनमत बढ्दै गएको राप्रपाको दाबी रहेको छ। राप्रपाले राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था हुनुपर्ने भन्दै नवीन समझदारीको प्रस्ताव समेत गरेको छ। साथै उसले आन्दोलनको अपरिहार्यतामाथि समेत जोड दिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार