free website hit counter

पैसाले नपुगेका अग्रवाललाई चार वटा मुद्दा

beemaadmin
२०७७ बैशाख १४, आईतवार

काठमाडौं । नेपालमत्र होेइन सारा विश्वनै कोरोनासँँग लडिरहेको विषम परिस्थितिलाई पनि पैसा कमाउने मौका बनाउने व्यापारी शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवाल प्रहरीको नियन्त्रणमा छन् । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ । पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले मुलुकी संहिताअजुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार