free website hit counter

पोर्चुगलमा ७४ नेपाली क्‍वारेन्टाइनमा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोनाको संक्रमणबाट ६ हजार मानिसले मृत्यु वरण गरिसकेका छन् भने लाखौं मानिस संक्रमित बनेका छन् । पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो ।
पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसार आइतबार फारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाएका थिए।तर, चिकित्सकले ुकोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छु भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए। त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो। अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो। आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २(३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीमार्फत् कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार