free website hit counter

पौडेल र प्रचण्डबीचको भेटमा के भयो कुराकानी ?

beemaadmin
२०८२ बैशाख २३, मंगलवार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । भेटका क्रममा उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको र अर्थ मन्त्री पौडेलले सुझाव माग गरेको बुझिएको छ । यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार