free website hit counter

प्यान अनिवार्य गर्न बीमा समितिको निर्देशन

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर प्यानमा कडाई गरेपछि बीमा समितिले प्यान अनिवार्य गराउन बीमा कम्पनीहरू लाई सर्कुलर जारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरेपछि समितिले यस्तो सर्कुलर जारी गरेको हो ।

समितिले आयकर ऐन २०५८ तथा आयकर नियमावली अनुसार जीवन, निर्जीवन र पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई प्यान अनिवार्य गराउन परिपत्र जारी गरेको हो । हालसम्म प्यान नलिएका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट प्यान लिई बीमकको कार्यालयमा पेश गर्न र निजहरुको नाममा कट्टी भएको रकम सम्बन्धित प्यान उल्लेख गरी दाखिला गराउने व्यवस्था मिलाउन भनिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार