काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन आज प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि प्रतियोगिताका खेल सुरु हुनेछन् । प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना दिँदै प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विभिन्न सुधार गरेको जनाएको छ । पहिलोपटक निर्णय समीक्षा प्रणाली (डीआरएस) लागू गरिएको छ भने विदेशी स्टार खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढाएको छ ।
प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र घरेलु क्रिकेटको व्यावसायिक विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।