free website hit counter

प्रधानमन्त्री र मन्त्रीको खटपटले ३० करोड गुम्ने खतरा

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले प्रस्ताव गरेको प्राभवेट फर्महरुको अन्तिम पटक नविकरण गर्न दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । अघिल्लै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाणिज्यको प्रस्तावलाई मन्त्रालयको तर्फबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री यादवबीचको खटपटले गर्दा मन्त्रीपरिषद्मा पुगेको लामो समय बितिसक्दा पनि उक्त प्रस्ताव पास हुन सकेको थिएन । अहिले मन्त्री यादवको स्थानमा लेखराज भट्ट मन्त्री छन् । उनले पनि यस सन्दर्भमा कुनै कारबाही अघि बढाएको बुझिएको छैन ।

उक्त प्रस्ताव पास हुन नसक्दा साना व्यवसायीहरुले उद्योग, व्यवसाय सञ्चालन गर्न सकेका छैनन् भने राज्यले करोडौंको राजश्व गुमाएको छ । नविकरण फेल भएका प्राइभेट फर्महरुलाई अन्तिम पटकका लागि एक मौका दिने बाणिज्यको प्रस्ताव थियो । विभिन्न कारणले गर्दा नविकरण हुन नसकेका प्राइभेट फर्महरु यो प्रस्ताव पास हुनेबित्तिकै लाभान्वित हुने थिए ।

बाणिज्य विभागको एक तथ्यांकअनुसार अहिले त्यस्ता नविकरण फेल भएका कम्पनीहरु १५ हजारको संख्यामा रहेका छन् । वार्षिक जरिवानासहित शुल्क बुझाएर नविकरण गर्नुपर्ने प्रावधान विद्यमान प्रस्तावमा गरिएका कारण एक प्राइभेट फर्मले करिब २० हजार जरिवाना बुझाउनुपर्छ । यसो हुँदा १५ हजार प्राइभेट फर्म नविकरण हुँदा राज्यलाई ३० करोड राजश्व जम्मा हुन्छ भने स्वरोजगारको संख्या पनि थपिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार