free website hit counter

प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क ४९ करोड, नाफा बढ्यो

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । प्रभु इन्स्योरेन्सले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले चौथो त्रैमासको अवधिसम्ममा ४९ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५० करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीको खुद नाफा २५ करोड ४० लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव १५ प्रतिशतले बढेको हो ।

Advertisement
Advertisement

समिक्षा अवधिमा कम्पनीले ६ हजार ५सय ७७ वटा दाबी वापत २६ करोड ९४ लाख रुपैंया भुक्तानी गरेको छ ।कम्पनीको चुक्ता पुँजी १ अर्ब माथि रहेको छ भने जगेडा कोषमा २१ करोड ८६ लाख रुपैंया संचित रहेको छ भने बीमा कोषमा ७० लाख ४२ हजार रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार