free website hit counter

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

beemaadmin
२०८० श्रावण ८, सोमबार

काठमाण्डौ । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको निर्णयबाट प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै कम्पनीको सेयर कारोबारमा आएको छ। गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ।
प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृत प्राप्त हुने वा नहुने अझै अन्यौल नै रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको थियो थियो। पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता सर्तहरुको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि गरिएको थियो। प्रतिबद्धतासहितको पत्र प्राप्त भएकोले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय नेप्सेले गरेको हो।
गत असार २७ गते बसेको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो। तर, कम्पनीले साउन ४ गतेमात्रै त्यसबारे नेप्सेमा सूचना पठाएको थियो। कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने हुन्छ। तर, प्रभु इन्स्योरेन्स ढिला गरी नेप्सेमा निर्णयसम्बन्धी पेस गरेको थियो। नेप्सेले के–कति कारणले समयमै जानकारी दिन नसकेको भन्नेबारे स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार