काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि १३ गतेसम्म तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार तालिम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत तालिम सञ्चालन गरिनेछ ।
तालिममा सहभागी हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम् प्लस टु वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागी हुन सक्नेछन् । तालिममा सहभागी हुन प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बीमा अभिकर्ताको परीक्षा कात्तिक १३ गते शुक्रबार साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।
