free website hit counter

प्रभु बैंकको नाफासँगै बढ्यो खराब कर्जा

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । मुलुकभर शाखा सञ्जाल विस्तार गरेको प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा ५ प्रतिशतले बढाएको छ । बैंकले पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको बैंकको वितरणयोग्य मुनाफा भने ५.५७ करोड रहेको छ । यस अवधिमा बैंकको निक्षेप बढेर १ खर्ब ६ अर्ब पुगेको छ भने कर्जा २.६२ प्रतिशतले बढेर ९१ अर्ब ६८ करोड रुपैयाँ पुगेको बताएको छ । बैंकको निक्षेप र कर्जा क्रमश ०.९३ प्रतिशत र ६.८३ प्रतिशतले बढेको बताइन्छ । बैंकको कुल ब्याज आम्दानी २४.१० प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

८.८९ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ५.९६ अर्ब रहेको बैंकको खराब कर्जा भने २.५१ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २८.२७, नेट वर्थ १६७.१२, मूल्य आम्दानी अनुपात ९.३७ गुणा, आधार दर ९.२४ प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत, सिसिडि ७७.८१ र पुँजी पर्याप्तता अनुपात ११.०३ रहेको बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार