free website hit counter

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८१ भाद्र ९, आईतवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै बैठकले छैठौँ वार्षिक साधारण सभाबाट अनुमोदन गराएको हकप्रद शेयरको दर पनि संशोधन गरेको छ। नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेको इन्स्योरेन्सले अब बोनस शेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार