free website hit counter

प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश

beemaadmin
२०८२ मंसिर २९, सोमबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कम्पनीका ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रुपमा ‘ई–पोलिसी लोन’ शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईले ‘ई–पोलिसी लोन’ ‘डिजिटल रुपान्तरणको पाइला’का रुपमा कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताए । उनले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न ‘ई–पोलिसी लोन’ ल्याइएको स्पष्ट पारे । ‘ई–पोलिसी लोन’ सेवा लिनका लागि बीमालेख कम्तीमा ३ वर्ष पूरा भएर ३ वर्षको बीमाशुल्क तिरेको र बीमालेख चालु रहेको हुनुपर्नेछ भने केवाईसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्नेछ ।

‘ई–पोलिसी लोन’ सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा एप दुवैमा उपलब्ध छ । ‘ई–पोलिसी लोन’का साथै एआई च्याटबट, डायनामिक क्यूआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका विशेषज्ञ डा। दिवाकर पराजुलीको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले बिरामीको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रभु महालक्ष्मी लाइफले जानकारी दिएको छ । यससँगै प्रभु महालक्ष्मी लाइफले देशैभरिका ११५ शाखा तथा उपशाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार