free website hit counter

प्रभु महालक्ष्मी लाइफले वैदेशिक रोजगार बीमा नगर्ने

beemaadmin
२०८१ श्रावण २२, मंगलवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई आवेदन दिन भनेको थियो । विभागले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सो प्रस्ताव आह्वान गरेको थियो । विगतमा सो पोलिसि बिक्री गर्दै आएको प्रभु महालक्ष्मीले भने आवेदन नै नदिएको हो । नयाँ तीन जीवन लघुबीमा कम्पनीहरुले उक्त पोलिसी बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाईप इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले उक्त पोलिसि बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । विगतमा यो पोलिसी बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि चालु आवमा पोलिसी बिक्रीका लागि सम्झौता गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा बिक्रीका लागि १३ कम्पनीले सम्झौता गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार तीन वटा लघु जीवन बीमक र १० वटा जीवन बीमक गरी कुल १३ वटा कम्पनीले सो पोलिसी बिक्रीका लागि सम्झौता गरेका हुन् । गत आर्थिक वर्ष १० वटा बीमा कम्पनीले यस्तो पोलिसी बिक्री गर्दै आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार