free website hit counter

प्रभु लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

beemaadmin
२०७७ मंसिर २८, आईतवार

काठमाडौं । मंसिर १९ गतेबाट सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको प्रभु लाइफ इन्स्योरेन्सले आजबाटबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । दक्ष सञ्चालक र विज्ञ समूहबाट सञ्चालित यस कम्पनीे स्थापनाको छोटो समयमै बीमा बजारमा आफ्नो छुट्टै अस्तित्व देखाइसकेको छ । ग्राहकको मन जित्न सफल यस कम्पनीले आफ्नो चौथो वर्ष प्रवेश सँगै जनतामा साधारण शेयर जारी गरेर पुँजी बढाउने भएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ।

Advertisement
Advertisement

प्रभु बैंक लिमिटेडको २० लाख कित्ता संस्थापक शेयर रहेको प्रभु लाईफ इन्स्योरेन्समा सांग्रिला डेभलपमेन्ट बैंकको नाममा १७ लाख ७७ हजार ५०० कित शेयर रहेको यस कम्पनीको संचालक समितिको अध्यक्षमा डा. आत्माराम घिमिरे छन् भने संचालक समिति सदस्यमा सुभाष अमात्य, मनिराम पोखरेल (प्रतिनिधिः प्रभु बैंक लि), रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल र अपूर्व प्रसाद जोशी (प्रतिनिधिः सांग्रिला डेभलपमेन्ट बैंक) रहेका छन्।

Advertisement
Advertisement

कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी नारायण प्रसाद पौडेलले सम्हालेका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्षको अनुभव संगालेका पौडेललाई विज्ञ क्षेत्रको ज्ञाता मानिन्छ । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा किशोर प्रसाद लामिछा रहेका छन् ।

सम्बन्धित समाचार