काठमाडौं । स्थापनाको छोटो समयमै जीबन बीमा बजारमा आफ्नो पहिचान कायम गर्न सफल प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–०७७ का लागि नयाँ बोनसदर घोषणा गरेको छ । प्रभु लाइफले आफूले बिक्री गरेका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो । सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १३ हजार ४ सय ७२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा लागि ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ३ सय ७३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
यसैगरी, अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउने कम्पनीले जनाएको छ ।