free website hit counter

प्रभु लाइफद्वारा ५० लाख मृत्युदाबी भुक्तानी

beemaadmin
२०७७ माघ १८, आईतवार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको आश्रित परिवालाई मृत्यु दाबी भुक्तानी अन्तर्गत ५० लाख हस्तान्तरण गरेको छ ।

महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका थिए । निजको असामयिक निधनपछि बिमीतकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

मृत्यु दाबी भुक्तानीका लागी आवश्यक कागजात र सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार