free website hit counter

प्रभु लाइफले बीमितलाई १० लाख उपचारखर्च

beemaadmin
२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना बीमितलाई प्राण घातक रोग पहिचान भएपछि उपचार खर्च बापत १० लाख रकम भुक्तानी गरेको छ । बीमित रोसन शेरचनलाई यसरी उपचार खर्चबापत दाबी भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरबाट दुई वर्ष अगाडि रू. २० लाख बीमाङ्कको बीमा गरेकी बीमित रोसन शेरचनलाई करिब केही समय अगाडि ब्रेन ह्यामरेज रोगको पहिचान भएको थियो । बीमा पोलिसी खरिद गर्दा निज बीमत रोसन शेरचनले प्राण घातक रोगहरुविरुद्घको रू. १० लाख रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

बीमतले घातक रोग विरुद्घको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकोले सम्पूर्ण प्रक्रिया पुरा गरी बीमितको घरमै गएर उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय बानेश्वरले बीमितको घरमै आयोजित औपचारिक कार्यक्रममा प्रभु लाइफका बागमती प्रदेश ए प्रमुख श्री पदम राना, बानेश्वर शाखा प्रमुख नविन भेटवाल लागाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बीमित रोसन शेरचनले “प्रभु लाइफ इन्स्योरेन्स लि.ले बीमितलाई सहज र सरल तरिकाले दाबी भुक्तानी दिएकोमा आफ्नो ब्रेन ह्यामरेज रोगको उपचारका लागि रू. १० लाख रकमले धेरै सहयोग गर्ने भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने” बताउनु भयो ।

Advertisement
Advertisement

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले “बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको” बताउनु भयो । शाखा प्रमुख नविन भेटवालले “जीवन बीमा आफू हुँदा आफूलाई र आफू नरहे परिवारका लागि रहेको बताउनु भयो । आफ्नो औषधोपचारका लागि प्राण घातक रोग विरुद्व उपचार योजना उत्कृष्ठ सावित भएको बताउनु भयो ।”

Advertisement
Advertisement

सम्बन्धित समाचार