free website hit counter

प्रभुको बीमा शुल्क घट्यो नाफामा भने सुधार

beemaadmin
२०७६ मंसिर ५, बिहीबार

काठमाडौँ । निर्जीबन बिमा कम्पनी प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ३४ प्रतिशतले खुद नाफामा बृध्दि गर्न सफल भएको छ । सो कम्पनीको खुद नाफा चार करोड १० लाख रुपियाँ देखाइएको छ जुन अधिल्लो बर्षको सोही अवधिको तीन करोड चार लाखको तुलनामा एक करोड भन्दा बढी रहेको छ ।

प्रभु इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १६ करोड ९८ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बिमा शुल्क आर्जनमा कमी आएको सो इन्स्योरेन्सले अधिल्लो बर्षको सोही अवधिको १७ करोड ४२ लाखको तुलनामा २.४९ प्रतिशतले कमी हो । खुद बीमा शुल्क घटेको तथ्याङ्क सार्वजनि भए तापनि अन्य आम्दानीमा भने सुधार देखिएको छ । कम्पनीले पुर्नबीमा कमिशनबाट पाँच करोड ३३ लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड २२ लाख रुपियाँ आम्दानी गरेको जनाएको छ ।

बिमा समितिले निर्जीबन बिमा कम्पनीको लागि तोकेको चुक्ता पुँजी पु¥याइसकेको प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपियाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा २६ करोड ७४ लाख रुपियाँ तथा बीमा कोषमा ५८ करोड ६१ लाख रुपियाँ रहेको देखाइएको छ । त्यसैगरी कम्पनीको महाविपत्ती कोषमा १० करोड ६३ लाख रुपियाँ रहेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १८ हजार ८७१ बीमालेख जारी गर्दै २९ करोड ८१ लाख रुपियाँ कुल बीमा शुल्क संकलन गरेको जनाएको छ ।

चुक्ता पुँजी बढी भएका कारण कम्पनीको प्रतिशेयर आम्दानी भने मात्र चार रुपियाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपियाँ र मुल्य आम्दानी अनुपात ७५ गुणा बढी रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार