free website hit counter

प्रभुले दिने भो टेम्पो चालकलाई १ लाख र शिक्षकलाई ४ लाख कर्जा सुविधा

beemaadmin
२०७७ आश्विन ८, बिहीबार

काठमाडौं । समयअनुसार आफ्नो सेवालाई सरल र सहज बनाउँदै अघि बढेको प्रभु बैँकले ‘सहयात्रा समृद्धिको (Partnership for Prosperity)’ नामको कर्जा योजना आरम्भ गरेको छ ।
मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोभिड–१९को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगार उद्यमी, शिक्षीत बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा संलग्न उद्यमीहरुको बिद्यमान अर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको बैंकले जनाएको छ । सहयात्रा समृद्धिको यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नतीसहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास भएको बैंकले बताएको हो ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बीच बाँचिरहेका छन् । नियमित रुपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घरव्यवहार चलाउन उनीहरु बाध्य छन् । अर्कोतिर, हाल विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाई अधिकतम एक लाख र विद्यालय शिक्षकहरुलाई अधिकतम चार लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने भएको हो । सोही क्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाडाै उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाण पत्र हस्तान्तरण गरेको बैंकले जनाएको छ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाडौ उपत्यका बाहिर क्रमशःलागु गर्दै जाने पनि बैंकको योजना छ ।

‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु सिकुन भन्ने अभिप्राय केन्द्रित छ । यस विषमताको घडीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामा र समस्या खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।

 

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार