free website hit counter

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको बृहत भेला सम्पन्न

beemaadmin
२०७७ फाल्गुन ९, आईतवार

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको बृहत भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सहि रहेको भन्दै सबैले साथ दिनुपर्ने बताए । जुम मार्फत भर्चुअल रुपमा गरिएको भेलामा बोल्दै उनले केपी ओलीको सर्मथनमा देशबाट मात्रै नभइ विदेशबाट समेत साथको आवश्यकता रहेको बताउँदै प्रवासी नेपालीहरुलाई सक्रिय रुपमा लाग्न आग्रह गरे ।
प्रवासी नेपाली एकता मञ्च अध्यक्ष रमेश पाण्डेले एकता मञ्च अन्तरगतका विभिन्न समिति, आयोग सदस्य र केन्द्रिय सदस्यहरुलाई शपथ गराएका थिए । भेला मार्फत एनएस डब्लु राज्यका संयोजक कृष्ण सापकोटा र सचिव शिव पौडेल चयन भए भने केन्द्रीय युवा संघको संयोजक अरुण गौतम र सहसंयोजकमा प्रकाश सुवेदी चयन भए । भेलाले प्रवक्ताको जिम्मेवारी सन्तोष दाहाललाई तोकेको छ । यस्तै प्रचार विभागको सचिवमा एनएस डब्लु संयोजक अनिल खड्कालाई जिम्मेवारी तोकेको छ । ११ सदस्यीय सल्लाहकार समितिमा होम पाण्डे डा विनोद श्रेष्ठ लगायत छन् । भेलाले १ सय ३५ सदस्यीय नेकपा पार्टी कमिटी गठन गरेको प्रवक्ता दाहालले बताए ।
नवगठित एनएस डब्लु कमिटिका सचिव शिव पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा करिब १ सय ५० जनाको उपस्थिती रहेको थियो । भेलाको अध्यक्षयता न्यु साउथ वेल्स र एसिटी राज्यका इन्चार्ज तथा पूर्वउपाध्यक्ष केशव जोशिले गरेका थिए भने स्वागत मन्तव्य केन्दि«य सदस्य अनिल खड्काले गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार