free website hit counter

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ५० लाखको अक्षय कोष बनाउने

beemaadmin
२०७७ चैत्र १६, सोमबार

अष्ट्रेलिया । प्रवासमा रहेर पनि मुलुकको लागि केही योगदान गर्ने उद्देश्यका साथ प्रवासी नेपालीहरुको गतिविधिमा तिव्रता आएको छ । प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समितिको बैठक अध्यक्ष रमेश पाण्डेको अध्यक्षता र सचिव शिशिर नेपालको सञ्चालनमा सम्पन्न भएको छ ।

बैठकको प्रमुख आतिथ्यता भर्चुअलमार्फत् नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रवक्ता माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख अतिथि ज्ञवालीले नेपालको हरेक क्षेत्रको विकास र प्रगतिको निम्ति प्रवासी नेपालीहरूको साथ र सहयोग रहेको र वर्तमान राजनैतिक अवस्थामा सम्माननीय प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको सकारात्मक कदमको संसारभर रहेका प्रवासी नेपालीहरुले साथ र समर्थन दिएकोमा प्रवासी नेपालीहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो । उक्त राष्ट्रिय समितिको बैठकले गत मार्च १४ तारिखका दिन सचिवालय बैठकद्वारा गरिएका सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

साथै बैठकद्वारा नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनहरुमा सहिद भएका घाइते एवं अपाङ्ग साथै विभिन्न आन्दोलनहरुमा द्वन्द्वपीडित विपन्न परिवारहरुलाई लक्षित रोजगारीको निम्ति विभिन्न विधाहरुमा तालिम उपलब्ध गराउन युवा सशक्तिकरण एवं रोजगार अभिमुखीकरण कार्यक्रमको निम्ति प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाख नेपाली रुपैया“को कोष खडा गरी सो कार्यको भर्चुअल उद्घाटन प्रमुख अतिथि माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीद्वारा सम्पन्न भएको छ ।

Advertisement
Advertisement

साथै यस राष्ट्रिय समितिको बैठकमा विभिन्न राज्यका इन्चार्जहरुद्वारा आआफ्ना राज्यका प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको गतिविधि बारेमा जानकारी गराउनु भएको कुरा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका प्रवक्ता सन्तोष दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार