free website hit counter

प्रसाईं क्यान्सरको बिरामी भएको भन्दै उचित उपचारको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न बुधबार आदेश दिएको हो । न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधवार यस्तो आदेश गरे पनि यो बिहीबार मात्र सार्वजनिक भएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार अच्युत कुइकेलले जानकारी दिए । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंका छोरा निरज प्रसाईँले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकोमा निवेदन खारेज हुने ठहरे पनि प्रसाईलाई काठमाडौँ जिल्ला अदालतबाट मंसिर ९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको हो । आदेशमा भनिएको छ, बहस गर्ने निवेदकका तर्फबाट रहेका विद्वान् कानून व्यवसायीले सो अनुरूप अनुसन्धान गर्ने निकायले उपचारको प्रबन्ध नगरेको भनी बहसमा जिकिर लिएको र निवेदकले अदालतमा जीवन रक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरी पाउँ भनी निवेदन समेत दिएको देखिन्छ ।

सम्बन्धित समाचार