free website hit counter

प्रहरीले डा केसीलाई उठाउन खोजेपछि डडेल्धुरामा तनाव

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडांंै । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १७औं पटक अनशनरत डाक्टर गोविन्द केसीलाई अनसनस्थलबाट सार्न खोजेपछि डडेल्धुरा अस्पतालमा तनाव भएको छ । डडेल्धुरा अस्पतालले डा केसीको अवस्था नाजुक बनेको भन्दै उपचार सम्भवन नभएको बताएपछि प्रहरीले उनलाई अन्यत्र लान खोजको हो ।
अस्पतालले केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकोले सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लैजानु पर्ने बताएको थियो । यससँगै सोमबार प्रहरीले डा केसीलाई डडेल्धुराबाट प्रादेशीक अस्पताल धनगढी लैजान खोजेपछि तनाव उत्पन्न भएको हो । डा केसीका समर्थकले भने प्रहरीले सबै कुरा खुलाएर लानुपर्ने माग गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।

अनसन तोड्न शिक्षामन्त्रीको आग्रह
यसैबीच, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ । मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उनले भने, डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा। साबले अनशनको बाटो लिने होइन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार