free website hit counter

प्राइम बैंकका अध्यक्षले लिए सपथ

beemaadmin
२०७९ माघ ५, बिहीबार

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा नियुक्त भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष श्रेष्ठले आज एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण गरेका हुन्। राष्ट्र बैंकमा आयोजित समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा। गुणाकर भट्ट र प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतसमेतको उपस्थिति थियो। गत पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्लाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार