free website hit counter

प्राइम र कैलाश बैंकबीच एकीकृत कारोबार शुरु

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि प्राइम कमर्सियल बैंकले एकिकृत कारोबार शुरु गरेको छ । प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । प्राप्ति पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेको प्राइम बैंकका अध्यक्ष उदयमान श्रेष्ठले बताएका छन् । यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका– ३२, न्यूप्लाजामा रहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार