free website hit counter

प्राइम लाइफ इन्स्योरेन्सको सबै भुक्तानी भयाे सहज

beemaadmin
२०७७ मंसिर ३०, मंगलवार

काठमाडौं । प्रविधिको प्रयोगलाई उच्च प्राथपमिकता दिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरल बनाउन अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले मंसिर २९ गते एक समारोहबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएस लगायतको सेवाको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई तथा एनसीएचएलका तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

Advertisement
Advertisement

यो सेवा संगै अब बीमितहरुले घरमै बसी बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन् भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसी सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

Advertisement
Advertisement

ग्राहक मैत्रि सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवासंगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसी अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए ।

सम्बन्धित समाचार