free website hit counter

प्राइम लाइफद्वारा १४ लाख बीमा रकम भुक्तानी

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं । बीमा कम्पनीहरुबाट बीमा दाबी भुक्तानी लिन सहज छैन अफवाहलाई चिर्दै बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीलाई सरल र सहज बनाउँदै लगेका छन् । बढ्दो प्रतिस्पर्धासँगै बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त पार्ने क्रम पनि बढेको छ । अत्यावश्यक कागजात पुगेको अवस्थामा तत्कालै बीमा दाबी भुक्तानी हुने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स उर्लाबारी शाखाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक युवाको परिवारलाई मृत्यु दावी भुक्तानी बापत १४ लाख रकम हस्तान्तरण गरेको छ । मोरङ जिल्लाको मिक्लाजुङ ७ निवासी राम बस्न्यात (मृतक) को परिवारलाई मृत्यु दाबी बापतको १४ लाख रुपैयाँ रकम प्रदान गरेको हो ।

बैदेशिक रोजगारको शिलशिलामा कुवेत जानुअघि म्यादी बीमा गरेका बस्न्यातको कुबेतमा असमायिक निधन भएको थियो । मृतक बस्न्यातको परिवारले मृत्यु दाबी भुक्तानीका लागि निवेदन दिएपछि सो रकम हस्तान्तरण भएको हो ।  उर्लाबारी शाखा कार्यलयमा मृतक बस्न्यातका पिता बुबा रिबहादुर बस्न्यातलाई शाखा प्रबन्धक प्रेम बोहोराले १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार