free website hit counter

प्राधिकरणको विज्ञापनमा मन्त्रीको असन्तुष्टि

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि दोस्रो पटक पुनः विज्ञापन आह्वान गरिएको छ । पहिलो चरणको विज्ञापन पछि आवेदन दिएका उम्मेदवारहरुको योग्यता, क्षमतामा चित्त नबुझाएपछि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहेको सिफारिश समितिले पुनः विज्ञापन गर्न निर्देशन दिएपछि प्राधिकरणले पुनः विज्ञापन खोली खुल्ला रुपमा आह्वान गरेको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा आधा दर्जनको दरखास्त

सूचनामा १५ दिनको म्याद थप गरिएको १८ मंसिरमा पुग्दैछ । यसअघि ६ जना आवेदकहरुले निवेदन दर्ता गराएका थिए । नयाँ मन्त्रीका रुपमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्न लेखराज भट्ट आउनु अघिनै गरिएको उक्त विज्ञापनप्रति मन्त्री भट्टले चित्त नबुझाएको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रीले असन्तुष्टि देखाएका कारण मंसिर १८ गते म्याद सकिएपछि पुनः विज्ञापन हुनसक्ने स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार