free website hit counter

प्राविधिक शिक्षाका लागि सिटिजन्सको सहयोग

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

धनगढी ।  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी जिल्लाको श्री शारदा माध्यमिक विद्यालयलाई एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो ।

बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका निम्तिी उक्त सहयोग रकम उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार